भक्तपुरमा नवजात शिशु मृत फेला
काठमाडाैं | असोज १६, २०८०
भक्तपुरमा नवजात शिशु मृत फेला परेका छन्।
मंगलबार बिहान सवा ९ बजे भक्तपुर नगरपालिका-१ सृजनानगर यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोला किनारमा सालनालसहित नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
उनका अनुसार शिशु अन्दाजी २,३ दिनको थियो।
खोला किनारमा शिशु घोप्टो परी मृत अवस्थामा फेला परेको खबरपछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको छ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

